वीरगञ्ज, १ चैत : सरकारले कोरोना भाइरस विरुद्धको खोप हरेक नागरिकलाई उपलब्ध गराउने योजना बनाए मुताबिक ६५ वर्ष उमेर पुरा गरेका वृद्धवृद्धाहरुले विस्तारै कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । गत २३ गतेदेखि उक्त उमेर समूहका वृद्धवृद्धाहरुले खोप लगाउन थालेका हुन् । सोहि मुताबिक आज वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं वरिष्ठ उद्योगीपति बाबुलाल चाचान लगायतका विशिष्ठ व्यक्तित्वहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । खोपबाट कुनैपनि प्रकारको साइड इफेक्ट नभएको कुरा बताउन थालेपछि यस खोपको प्रभावकारीता बढेको पाइएको छ ।