वीरगन्ज २ चैत : बिन्दवासिनी गाउँपालिका वडा–१ र २ गर्दौलमा मुख्य सडक फराकिलो गरिएको छ । बिकासको कार्यमा केही व्यक्तिहरुले अवरोध खडा गरि १ बर्ष देखि सडक बिस्तार कार्य अवरोध गरेकोमा गाउँपालिका र गाउँबासिहरुको समन्वय र सहकार्यमा जेसिबी लगाई सडकमा परेका घरहरु भत्काइएको हो । गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदि, वडा अध्यक्ष सगिर मिया, गम्भिरा साह, गौरीशंकर साह (गौरी दादा), मुक्ति पटेल, विवेक चौरसिया, पशुराम यादव लयात गर्दौल बासिहरुको पहलमा सडक फराकिलो गरिएको छ ।