वीरगन्ज २ चैत : बिन्दबासिनी गाउँपालिका वडा नं.४ अमरपट्टीमा उद्यमी सृजना तथा सिप विकास र कपडाको सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बिरगंजद्धारा फागुन ११ गते देखि सुरु भएको तालिम हिजो सम्पन्न भएको हो । तालिम लिएका महिलाहरुलाइ वडा अध्यक्ष अनोज कुमार चौरसिया को अध्यक्षतामा १५जना महिला लाई प्रमाण पत्र वितरण गरिएको छ ।