वीरगञ्ज, २ चैत : वीरगञ्जस्थित एक मोबाइल पसलमा लाखौं मुल्य बराबरको मोबाइल चोरी भएको छ । टेलिकम नजिक रहेको पश्चिमपटिको रेहान रोहान्स ट्रेडसको पसल तोडफोड गरी महगो मुल्यका मोबाइल चोरी भएको र सस्तो मोबाइल मात्र छोडेर गएको सन्चालकले बताएका छन् । आज बिहान पसल खोल्दा पसलको ¥याक भित्रको मोबाइल सबै चोरी भएको थियो । चोरी भएको पसलको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।