राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -९ स्थित बढका पुल नजिक एक पुरुषकाे वेवारिसे शव अाज दिउँसो फेला परेको छ । हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.११ सखुवा टाेलका स्थानीय ४५ बर्षिय नरेश कुमार यादवकाे वेवारिसे अवस्थामा शव फेला परेको स्थानीयबासिहरुले बताएका छन । अाज दिउँसो साे शव स्थानीयहरुले हेरेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय सन्चारकर्मि कमल मण्डलले जानकारी दिनुभयाे । मृतक पुरुषकाे मानसिक सन्तुलन ठिक नरहेको हुन सकिने अनुमान स्थानीयहरुले गरेका छन । यता मृतक पुरुषकाे के कुन कारणले मृत अवस्थामा शव फेला परेको खुल्न नसकेपनि साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिनुभयेा ।