वीरगन्ज । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाको सँठीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसिई नेपालको आयोजनामा जगरनाथपुर गाउँपालिका उपाध्यक्ष बबिता सिंहको अधयक्षतामा पालिकाको वडा नं ६ सन्थिको विद्यालयमा महिला तथा बालबालिकाहरुको शिक्षा अधिकार वा सुनिश्चिता विषयक छलफल कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा शिक्षाको अवस्था, महिलाको अधिकार,किशोरी शिक्षा कार्यक्रम , महिलाहरुलाई जीवन उपयोगी सीपमूलक , प्रविधि मुलक कार्यक्रममा जोड दिने , प्रदेशको शिक्षा अवस्था , बाल संरक्षण लगायतको विषयमा छलफल भएको थियो ।
साथै उक्त कार्यक्रममा वडा अध्यक्ष प्रधुमननाथ चौधरीले आउँदो दिनमा उपाध्यक्षसंग सहकार्य गरी किशोरीलाई प्रविधि तथा सीपमूलक जोड दिने तर्फ समन्वय गरेर सबै जना लाग्नु पर्ने समेत मन्तब्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष प्रधुमननाथ चौधरी,शिक्षा प्रमुख लालदेव प्रसाद यादव , वडा सदस्य, विद्यालयका प्रधानध्यापक, पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख यादवले गरेका थिए साथै कार्यक्रम सहजीकरण रामप्रबेश साहले गरेका थिए।