वीरगञ्ज, २ चैत : वीरगञ्ज १७ अलौंमा निर्माण भएको पानीट्याँकी आज एक समारोहका बीच नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्त समितीका अध्यक्ष ओमकृष्णाबहादुर लामिछानेको नेतृत्वमा निर्माण भएको पानी ट्याँकीलाई खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न हस्तान्तरण समारोहमा संबिधान सभा सदस्य राजेन्द्रबहादुर अमात्य, नेपाली काँग्रेसका पर्सा अध्यक्ष अजय द्विवेदि, नेता रामरुप कुर्मीलगायतले धारणा राख्नुभएको थियो । पानी ट्याँकीबाट करिव पन्ध्र सय घरधुरी प्रत्यक्षरुपमा लभान्वित भएको अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँले अहिले ६० जनाले धारा जडान गरिसकेको र बाँकी जडानको कार्य भईरहेको बताउनुभयो । अध्यक्ष लामिछानले उपभोक्ता समिती मार्फत धारा जडान गर्न चार हजार एक सय खर्च लागेको जानकारी दिदै अब खानेपानी मार्फत पनि त्यतिनै रुपैयामा धारा जडान गरिनुपर्ने आग्रह गर्नुभयो ।