ठोरी गाउँपालिकाको सहयोगमा नेशनल इमपलोमेनट डेभलपमेण्ट सेन्टर बिरगंजको आयोजनामा ३९० घण्टे व्युटिसियन सम्बन्धि तालिम आजबाट ठोरी ३ को वाडा कार्यालयको भवनमा सुरु भएको छ । बोर्ड सदस्य गयान कुमारी जोसी को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लालबहादुर श्रेष्ठले पालिकामा तालिमहरु आउने जाने भैरहन्छ तर जसले लगनशीलताका साथ सिक्छ उसले आफ्नो जीवन मा परिवर्तन ल्याउन सकने बताए। तालिममा पुरा दिन समय दिएर सिक्न र सिके पछि व्यवसाय सञ्चालन गर्न सुझाव दिए। सामुहिक रुपमा व्यवसाय संचालन गर्दा पालिका ले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, बोर्ड सदस्य धनमाया घलान, फुल माया दर्जी, महिला सदस्य वृत माया विक, आयोजक संस्थाका अध्यक्ष प्रभात मिश्रले मन्तव्य व्यक्त गर्नु भएको थिए । कार्यक्रम सञ्चालन आसमान नेपाल ठोरीका पालिका संयोजक धर्मेन्द्र चौरसियाले गरेका थिए । पुजाले प्रशिक्षण दिइरहनु भएको छ।