वीरगन्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा संचालन भइरहेको वार्षिक परीक्षाको सोमवार अनुगमन गरिएको छ । वार्षिक परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमन गरिएको हो ।
बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह , शिक्षा तथा खेलकुद शाखाका कपिल लामिछनेले गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयको अनुगमन गर्नुभएको थियो ।
वार्षिक परिक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयवस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसँग सोधपुछका साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको थियो ।