वीरगञ्ज, ६ चैत : महिनावारी र परिवार नियोजन रोकथाम सम्बन्धि ३ दिने तालिम शुक्रवार सम्पन्न भएको छ । चैत्र ४ गतेदेखि विन्दवासिनी गाउँपालिकाको सहयोगमा मुस्लिम महिला उत्थान मञ्चले आयोजना गरेको तीनदिने तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ४ र ५ का ७० जनाको सहभागिता रहेको थियो । मंचकी अध्यक्ष सायदा खातुनको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा लेखा अधिकृत मिथलेस कुशवाहा, समाजिक विकास शाखा प्रमुख नरेश चौहान, प्रशिक्षक शोभादेवी चौरसियालगायतको सहभागिता थियो ।