वीरगन्ज, ६ चैत : पर्साको बिन्दबासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वा भाटामा आज देखी ब्युटिसियन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साको आयोजनामा ४५ दिने ब्युटिसियन तालिम सुरु भएको हो ।
उद्योग र रोजगार समृद्धिकोे आधार भन्ने मुल नाराका साथ रिफे्रस तालिम अन्तर्गत एडभान्स ब्युटिसियन तालिम आयोजना भएको हो । तालिममा वडा नम्बर २ का १७ जना महिलाहरुको सहभागीता रहने घरेलु तथा साना उद्योग कार्यालय पर्साका कार्यक्रम संयोजक अशोक पाण्डेले जानकारी दिए ।
वडा नम्बर २ का अध्यक्ष संजय चौहानको अध्यक्ष्तामा भएको उदघाटन कार्यक्रममा कार्यक्रममा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा की प्रमुख रिमा साह ,विपिन उपाध्याय , प्रशिक्षक सरिता घिमिरे लयातको उपस्थिति रहेको थियो ।