वीरगन्ज । हनुमान जयन्तीको अवसरमा वीरगंजमा आज बिशाल शोभा यात्रा निकालिएको छ । विश्व हिन्दु परिषदको आहवानमा सो शोभा यात्रा निकालिएको हो । बाजागाजा तथा बिभिन्न झाकी सहित लाखौको संख्यामा शोभा यात्रा निस्केको थियो । घण्टाघरबाट शुरु भएको शोभा यात्रा वीरगंज नगरपरिक्रमा गरि पुनःघण्टाघरमा आएर समापन भएको थियो । शोभा यात्रामा लाखौ भक्तजनहरुको सहभागिता थियो । सो अवसरमा विभिन्न संघ संस्थाहरुले भक्तहरुलाई निशुल्क सर्वत पानीको व्यवस्था गरेका थिए । भने भक्तजनहरुलाई पुष्पवृष्टि गरि स्वागत गरिएको थियो ।