रामजी यादव


नेपाल भरिको बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजका कारण उधोगी तथा ब्यापारीहरुमा परेको प्रभावको बिरुधमा नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।बीरगंजका नरेश कुमार साह र सि.ए.अजय चौरसियाको सयुक्त आयोजनामा बिभिन्न बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजका उधोगी, ब्यापारी लगायत सर्वसाधारण जनताहरु प्रभाबित भएका छन।गत बर्षमा बैक तथा बित्तिय संस्थाहरुले ६/८प्रतिशत ब्याज ग्राहकसंग लिने गरेको थियो अहिले १६/१८प्रतिशत ब्याज लिने गरेका छन्। बिभिन्न बैक तथा बित्तिय संस्थासंग रिण लिने ग्राहकसंग बिभिन सेवा वापतको रकम बिभिन्न बहानामा असुल गरिने भएको पत्रकार सम्मेलनमा सि.ए अजय चौरसियाले बताउनु भयो। बैक तथा बित्तिय संस्थाले रिण लिएको ब्यक्ती प्रति गरिरहेको गलत निती नियम तथा क्रियाकलाप प्रति नेपाल सरकारले कुनै चासो नलिएको अजय चौरसियाले बताउनु भयो।नेपालको बैक तथा बित्तिय संस्थाको चर्को ब्याजका कारण आम जनताले आत्म हत्याको सिकार हुनु परेको नरेश कुमार साहले बताउनु भयो। बिभिन्न बैक तथा बित्तिय संस्थाले लिन गरेको चर्को ब्याजका कारण पर्न गएको असर प्रति नेपाल सरकारले सो समस्यालाई समाधान नगरे बाध्य भएर आन्दोलन गरिने सो कुरा बताउनु भयो।नेपालको बिभिन्न बैक तथा बित्तिय संस्थाहरुले लिएको चर्को ब्याज प्रति बीरगंजको उधोगी ब्यापारीहरु केही साता देखि बिरोध गर्दै आईरहेका छन। बिभिन्न बैक तथा बित्तिय संस्थाको चर्को ब्याज दरको कारण पर्न गएको प्रभावको बिरुधमा सोमबार प्रमुख बक्ताको रुपमा दुर्गा प्रसाईले पुरानो बस पार्क बीरगंज आउने आयोजकले जनाएको छ।