पर्साको पोखरिया नगरपालिका वार्ड नंबर-९ सेमरबारी चौकमा सिवर्वा युवा क्लबको आयोजनमा तथा यस क्लबका अध्यक्ष रूपेश कुमार चौहानको विशेष पहलमा आज नयाँ वर्षको उपलक्ष्यमा सरसफाई कार्यक्रम राखिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि नि.वर्तमान पूर्व नगर प्रमुख दिपनारायण रौनियार, पोखरिया वार्ड नं-९ का वडा प्रमुख नौशाद आलम, नेकपा एमाले पोखरिया नगरपालिकाको नगर अध्यक्ष विध्यान्चल ठाकुर, नेपाली काँग्रेसका नगर सभापति रामबाबु प्रसाद चौहान, सशस्त्र प्रहरी बल नेपाल पोखरियाका वरिष्ठ हवदार शिवपुजन साह, ईलाका प्रहरी कार्यालय पोखरियाका वरिष्ठ स.ई, नेपाल विधार्थी संघ नगर अध्यक्ष जयप्रकाश ठाकुर, सिवर्वा युवा क्लबका उपाध्यक्ष मजबुलाह आलम, सचिव मनिर आलम,कोषाध्यक्ष गौरीशंकर साह, सह सचिव मुम्ताज आलम, सदस्य अरूण चौहान, सदस्य रूपेश साह, अक्लेश चौहान,सनी कुमारी व्राहमण,पुजा कुमारी चौहान, तथा सम्पूर्ण नगर तथा टोल वासीको उपस्थिती रहेको थियो।
साथ तपाईको नेतृत्व हाम्रो, हामि बनाउछौँ पोखरिया नगर राम्रो!!! नारा का साथ आजको सरसफाई कार्यक्रम लाई आयोजना गरी थप आउने दिनहरूमा हाम्रो नगरलाई स्वच्छ बनाउने प्रतिबद्धता गर्दै समापन गरिएको हाे।