वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना अभियान तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
‘समयमै भर्ना, समयमै ज्ञान’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८० विद्यार्थी भर्ना अभियान तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । जसअन्र्तगत वडाका विभिन्न टोलमा पुगी विद्यालय जान उमेर पुगेका बालबालिकाको भर्ना गरिएको छ ।
उमेर पुगेका वा विद्यालयको पहुँचभन्दा बाहिर रहेकाहरुलाई विद्यालयसम्म ल्याउने र शिक्षाको अधिकार प्रत्याभूति गराउने अभिप्रायका साथ अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मुकलेश राउत गद्दीले जानकारी दिए ।
प्रधानाध्यापक गद्दीकाअनुसार शिक्षा विकास तथा समन्वय ईकाई पर्साका परीक्षा प्रमुख गोपाल साह, वडा नम्बर ४ का वडा सदस्य हरेन्द्र चौरसिया, शिक्षक मुकेश साह, साधना कुमारी सिंह, रमेश साह, बलिराम प्रसाद लगायतको टोली विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा पुगेको थियो ।