काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बैशाख १० गते भएको उपनिर्वाचन चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन्। यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन्। तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सो पार्टीले सरकारमा सहभागीताबारे निर्णय गर्न सोमबार बैठक बोलाएको छ।