वीरगञ्ज । हेरिटेज +२ पब्लिक कलेज द्वारा कक्षा १२ का विद्यार्थीहरूको लागि बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
होटल भिस्वा सभाहलमा आयोजित विदाई कार्यक्रम सभापति कलेजका प्रधानाध्यापक श्री मंकेश्वर प्रसाद यादव र परवानीपुर गाउँपालिकाको प्रमुख राम क्षेत्रीप्रसाद कुर्मीको अध्यक्षतामा आईतबार कक्षा १२ का विद्यार्थीहरूको लागि बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि द्वारा दीप प्रज्वलन गरी कार्यक्रमलाई सुरुवात गरिएको थियो । कक्षा ११ का विद्यार्थीहरूले टीका , खाँदा ओढाई मायाको चिनहोको रूपमा फोटो फ्रेम प्रदान गरी १२ पास गरेका विद्यार्थीहरुलाई विदाई गरिएको गरिएको थियो ।
सम्पनन कार्यक्रममा शैक्षिक पेसामा आवध शिक्षक, शिक्षिका, तथा हेरिटेज +२ पब्लिक कलेजमा अध्यनरत छात्र-छात्राहरुको सहभागिता रहेको थियो ।