

वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाँउपालिका गाउँ कार्यपालिकाको कार्यालय पकाहामैनपुरले बल जबरजस्ती निजी जग्गामा बाटो निर्माण गर्न लागेको भन्दै जग्गाधनी सत्यनारायण सहनी र पानालाल सहनीले निर्माण कार्य रोक्का राखी समानीत जिल्ला अदालत पर्सामा मुदा दायर गरेका छन् । बैशाख १५ गते पिडित सहनीद्ववले पर्सा जिल्ला आदालतमा मुद्दा दायर गरि सो निर्माण कार्य यथा सिघ्र रोक्न माँग गरेका छन । उनीहरुले गाउँ कार्य पालिकाको कार्यालय सहित , गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता , उपाध्यक्ष सैफनु नेशा , गाउँपालिकाका अमिन र प्रमुख प्रशासकिय अधिकृतलाई बिपक्षी बनाई मुद्दा दायर गरेका छन । राजनितिक प्रतिशोध साँध्न अध्यक्ष मेहता सहितका जनप्रतिनिधि तथा पालिकाका केही कर्मचारीहरूले नियम बिपरित बल प्रयोग तथा विभिन्न किसिमका धाक धम्की दिई बाटो बनाउन लागेको सहनीहरुको आरोप छ । सहनीका अनुसार गाँउपालिकाले किता नम्बर ६१ कोे जग्गा देखि भारतको सिमाना सम्म सडक निर्माणको योजना बनाउदा कुनै किसिमको जानकारी तथा आफ्नो निजी जग्गा परेको हकमा मुआब्जा समेत नदिई नेपाल सरकारको कानुनी प्रक्रिया पुरा नगरी आफैं श्री पाँच सरकार ठानेर बाटो निर्माण कार्य गर्न लागेको आरोप लगाए । उनीहरुले किता नम्बर ६१ को ज.वि ०–२–१० मध्ये पुर्वतर्फबाट ज.वि.०–१–१० जग्गामा कुनै किसिमको कच्ची पक्की सडक , नाला निर्माण कार्य नगर्न नगराउन बिपक्षीहरुको नाममा समानित् जिल्ला अदालतसंग अन्तिरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरि काम बन्द गर्न माँग राखेका छन् ।