बीरगंज,चैत्र ११
पर्साको पटेर्वासुगौली गाउँपालिकामा जङ्गली अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छिन पर्साको पटेर्वासुगौली गाउँपालीका वार्ड २ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन् ।
गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई आज बिहान अर्नाले आक्रमण गरेको वडाअध्यक्ष विजय गैरेले जानकारी दिए । ‘घाँस काट्नका लागि तीन/चारजना गाउँ नजिकैको जङ्गलमा गएका थिए सोही क्रममा तुलमायालाई अर्नाले आक्रमण गरेको हो घाइतेलाई उपचारको लागि एम्बुलेन्समा राखेर वीरगञ्ज पठाएका स्थानीय मुस्कान मियाले बताए
अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जतर्फ आएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्