वीरगञ्ज । पैसाको स्रोत खुलाउन नसकेपछि वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय अमितकुमार सिंह रहेका छन् । सिंहको साथबात प्रहरीले करिव तिन लाख ७५ हजार ८ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
सिंहलाई वीरगञ्ज-१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।