वीरगन्ज ११ चैत : बाराको परवानीपुर गाउँपालिकाको आज सातौं गाउँ सभा परवानीपुर स्थित कृषि अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै वडा नं ४ का वडाध्यक्ष गजेन्द्र पटेलले यस गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको थियो । वहाले विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिनुभएको थियो ।
सभाका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार चौरसियाले शुभ कामना दिँदै सबै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्रतबद्धता व्यक्त गर्नु भएको थियो । वहाँले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखने कुरामा जोड दिनुभएको थियो । साथै वहाँले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह गर्नुभयो भएको थियो ।
सभाका प्रमुख अथिति तथा गाउँपालिका प्रमुख हरि नारायण शाहले सभामा बोल्दै २० वर्षमा नभएको काम आफूहरुले ३ वर्षमा गरेर देखाएको बताउनुभएको थियो । वहाले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रह गर्नुभयो । कोरोनाको कारणलेगर्दा गाउँपालिकाको विकास निर्माणमा केही कमी भएपनि छुटेका योजनाहरुलाई यस सभाबाट परिपूर्ति गर्ने बताउनु भयो ।
गाउँपालिकाको विकासमा साघउ पु¥यानुभएकोमा सबै वडा अध्यक्ष, गाउँपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यबाद दिनुभएको थियो । आजको सभा सर्व सहमतिले पारित भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, सावित्री देवी, पाँच वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, सुरक्षा कर्मी, सञ्चार कर्मी लगायतहरुको उपास्थि रहेको थियो भने कार्यक्रम सञ्चालन रवीन्द्र कुमार मिश्रले गर्नु भएको थियो ।