काठमाडौं। उद्योगमा लगानीलाई लिएर एक जनाले आत्महत्या गरेपछि दुरुत्साहन आरोप लागेका दुईमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ।
बझाङ घर भइ हाल चितवन बस्ने ३६ वर्षीय जीवनबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो। भरतपुर महानगर ८ बस्ने वर्ष ५१ को शंकरप्रसाद कडेलले ‘सुसाइड नोट’ लेख्दै आत्महत्या गरेपछि प्रहरी दुई जनाको खोजीमा थियो।
अर्का आरोपी प्रदीप रुगटा भने फरार छन्। कम्पनीको स्वामित्वलाई लिएर विवाद भएको थियो। कम्पनी किनेर पनि पैसा भुक्तानी नगरेको आरोप स्वर्गीय कँडेलले सुसाइड नोटमार्फत लगाएका थिए ।
चितवनका डिएसपी विजयराज पण्डितले रावल पक्राउ परेको र रुगटा फरार रहेको बताए।