बीरगंज, चैत्र १८
पर्सा जिल्लाको बीरगञज महानगरपालिकाबाट चोरीको मोटरसाईकलसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं १६ शंकाचार्य गेट अगाडि चेक जाँच गर्दा ना ५५ प ६४६८ नम्बरको सुपर सप्लेण्डर मोटरसाइकल चोरी गरी विआर ०५५ ११८३ भारतीय नम्बर प्लेट लगाई चलारहेको अवस्थामा पाइएकोले उक्त मोटरसाइकल बरामद गरी चलाइरहेको चालक समेत नियंत्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ।
पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नं १६ का २१ वर्षिय राज कपूर महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका मानिसलाई चोरी सम्बन्धि कसूर मुद्दामा अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।