वीरगञ्ज । भ्रष्टाचारमा छानविन र कारबाहीको माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
उजुरीमा सिंहको सम्पत्ति छानबिन गर्न माग गरिएको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले अख्तियारमा उजुरी दिएका हुन् । सिंहविरुद्ध पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ। २०६३ सालपछि राजनीतिमा सक्रिय रहेका सिंहले गैरकानुनी सम्पत्ति आर्जन गरी ठूलो आर्थिक फड्को मारेको दाबी उजुरीमा छ ।
२०६३ सालपछि सिंह नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । २०७९ को निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र सांसदका रुपमा निर्वाचन लडेर विजयी भएका थिए ।
छाटो समयमा सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको उजुरीमा उल्लेख छ ।




