संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।
सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
‘वरिष्ठताको आधारता उहाँलाई सर्वसम्मत सिफारिस गरिएको हो,’ उनले भनिन्।
संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।
कार्की अहिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश छन्। उनीम आउने साउन २० गते उमेरहदका कारण अवकास पाउने छन्। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकास पाउने व्यवस्था छ।
तीसवर्ष वकालत पेशामा रहेका कार्की २०७२ सालमा महान्यायाधीवक्ता भएका थिए। त्यसअघि उनी नेपाल बार एशोसिएसनको अध्यक्ष थिए। २०७३ साल साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। गएको असोजदेखि उनी कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन्।