वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुअर्वाभाट्टाको मूल सडक सम्बन्धमा नॉप नक्साको लागि अमिनहरु खटाइएको हुनाले नाप नक्सा कार्यमा सहयोग गरिदिनु हुन सम्पूर्ण जनसमुदायमा अपील गरेको छ ।
बहुअर्वाभाट्टाको मूल सडक सम्बन्धमा गाउँका भद्र भलादमी लगायतको बैठकले गरेको निर्णयलाई दृष्टिगत गर्दै सडक सम्बन्धी राष्ट्रिय तथा प्रादेशिक मापदण्ड एवं स्थानीय शासन संचालन ऐनको दफा ४४ २ ४५ अनुसार २७ फिट नाला सहितको सडक हुनुपर्ने मनासिव देखिदा सोही बमोजिम नॉप नक्साको लागि अमिनहरुलाई जग्गा छुट्याउने कार्यमा सहयोग गरि दिनु हुन सबै सरोकार वालाहरुलाई अनुरोध गरिएको पालिकाले जनाएको छ ।