विरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा - ४ अवस्थित नेपाल राष्ट्रिय मावि गर्दौलका प्रधानाध्याक रामचन्द्र प्रसाद यादवलाई आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रमोद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले बिदाई गरेका हुन् ।
अध्यक्ष तिवारी र प्रमुख साहले खादा, फूलको माला , अविरको टिका लगाई मायाँको चिनो र कदरपत्र साथ सम्मान गरेर प्र.अ. यादवको बिदाई गरेका हुन ।
विदाई मन्तव्य राख्दै प्र अ यादवले आफू कार्यरत हुँदा आफू एक्लैले नभई, समग्र विद्यालय परिवारको सहयोगले गर्दा आफ्नो कार्यकाल सम्भव र सफल भएको बताउनुभयो। उहाँले आउँदा दिनमा पनि शैक्षिक क्षेत्रमै आफ्नो ऊर्जा खर्च गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
अध्यक्ष तिवारीले, निवर्तमान प्रधानाध्यापक यादवको शैक्षिक जीवन नयाँ पुस्ताका युवाका लागी एउटा ठूलो प्रेरणाको श्रोत रहेको बताउँदै उहाँको कार्यकालको प्रसंशा गर्नुभएको थियो । गाउँपालिकामा नमूना विद्यालयको अवधारणाका लागी यादवको ठूलो सहयोग रहेको समेत उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत साहले प्र. अ. यादव सर एक कुशल व्यवस्थापक रहेको बताउँदै, उहाँबाट केही अंशका ज्ञान मात्र सिक्न पाउँदा समेत धेरै नै लाभ हुने कुरा बताउनुभयो ।