काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा देशकाे पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।
बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई निलम्बन गर्न सक्ने बताइएकाे छ । बुधबार बसेकाे पदाधिकारी बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले खाँडलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राख्नुभएकाे थियाे ।
बुधबारकाे बैठकमा समसायमिक राजनीतिक विषयमा छलफल भएपनि कुनै ठाेस निर्णय भने भएकाे थिए । खाँड पक्राउ परेपछि देउवाले पदाधिकारी बैठक बाेलाउनुभएकाे हाे ।