राजन कुमार बानिया
पर्सा २८ बैसाख
पर्साको धोबिनी गाउँपालिका वडा न.४ लंगडिमा रहेको श्री कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडीमा अाज देखि निशुल्क ट्युसन कोचिङ्ग कक्षा संचालनको उदघाटन गरिएको छ। धोबिनी गाउँपालिकाको वडा न. ४ लंगडीका वडाध्यक्ष अबास मियाँले एक कार्यक्रमका बिच निशुल्क ट्युसन कोचिङ्ग कक्षाको फिटा काटेर उदघाटन गर्नु भएको हो। यो निशुल्क टयुसन कक्षा संचालन बाट दलित ,गरिब लगायत ६ कक्षा देखि १० सम्मका बिधार्थी हरुलाई सहयोग पुगने बताए । कार्यक्रममा प्रअ मदन साह, शिक्षक कृष्णमुरारी साह, सुरेन्द्र चौहान,नारायण फुयाल,हरिअोम पटेल,रामनरेश प्रसाद , जवाहर पटेल,महम्द रेयाज,मेराज अालम,दिपेन्द्र यादव,लगायत बिधार्थीहरुको सहभागिता रहेको थियोे ।