

वीरगन्ज \ बीरगंज उधोग वाणिज्य संघको आयोजना तथा बीरगंज महानगरपालिका आइएलओको सहर्कायमा आज देखि दुई दिने रोजगार मेला स्थानीय होटल कुमु प्यालेसमा शुरु भएको छ। बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सो मेलाको उदघाटन गर्नु भएको हो ।उहाँले यहाँको ब्यापार ब्यवसायी अगाडि बढाउन यहाँका उधोगीहरुले यहाँका युवाहरुलाई रोजगार दिनुपर्नेमा जोड दिनुभएको थियो । बीरगंज आर्थिक नगरी भनेर मात्र नहुने यहाँका ब्यावसायीहरुले भारतीय कामदारलाई धेरै प्राथमिकता दिएकोमा दुःख ब्यक्त गदै आगामी दिनहरुमा यहीँ हाम्रा नगरबासीहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सुझाव समेत नगर प्रमुख सिंहले दिनुभएको छ।बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।उदघाटन समारोहमा नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष हेराराज ढकाल ,उपाध्यक्ष मोहन राजपाल ,नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,घरेलु तथा साना उधोग कार्यालय पर्साका धनजय सिंह ,श्रम तथा रोजगार कार्यालयका प्रशान्त साह लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष हरि गौतमले गर्नु भएको सो कार्यक्रमको सहजिकरण मनोज उपाध्यायले गर्नु भएको हो मेलामा करिब २५ वटा विभिन्न उधोग तथा कलेजका स्टलहरु राखिएको छ।