वीरगञ्ज । बारामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान बाराकाे जितपुरसिमरा उपमहानगरपालिका - २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे मृत्यु भएकाे हो । पिकअपकाे ठक्करले बसमा सवार यात्रु पर्साकाे कालिकामाई गाउँपालिका - २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महताे नुनियाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेकाे ना ६ ख ९३६१ नम्बरकाे बसमा सवार नुनियाकाे विपरित दिसाबाट आउँदै गरेकाे प्रदेश २ -३ -००१ -च -२४५२ नम्बरकाे पिकअपले ठक्कर दिदाँ उनको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।नुनियाले बसको झ्यालबाट टाउकाे निकालेका कारण पिकअपकाे ठक्करबाट दुर्घटना हुँदा उनको मृत्यु भएको डिएसपी पाण्डेले बताए । यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराकाे सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे प्रवक्ता पाण्डले वताए ।