लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालकाे आयाेजनामा ग्रामीण भेगका ५० जना गर्भवती महिलालाई पाेषण सामग्री एवं अौषधी वितरण गरिएकाे छ। पाेखरीया नगरपालिका वडा नं. ८ मा चेकजाँच शिविरकाे आयाेजना गरि ती सामग्री वितरण गरिएकाे एल.सी.बी. सेन्ट्रल सिटी की अध्यक्ष लायन सल्मा खातुनले बताउनुभयाे । वरिष्ठ उद्याेगपति लायन विरेन्द्र कुमार सांघाइकाे सहयाेग तथा प्रमुख आतिथ्यमा ती सामग्री वितरण गरिएकाे डी.जी. इलेक्ट लायन देवकीनन्दन अग्रवालले जानकारी दिनुभयाे । वरिष्ठ प्रसूतीराेग विशेषज्ञ डा. लक्ष्मी थापाले चेकजाँच गर्नुभएकाे चेकजाँच शिविरमा लायन रमेश अग्रवाल, लायन रामविहारी पाण्डेय, लायन उमेश शर्मा, वडाध्यक्ष किशाेरी साह, स्थानीय नेता सुनित साह, स्थानीय अगुवा, युवा नेता दिलीप कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे।