बीरगंज, चैत्र २९
पर्साको धोविनी गाउँपालिकामा आगलागी भएको छ। धोविनी गाउँपालिकामा आज १:३० बजे आगलागी हुदा दुई बिघाको गेहूँबाली जलेर नस्ट भएको छ ।
धोविनी गाउपालिका वार्ड नम्बर १ घोडदौरा पिपराका स्थानीय मथुरा प्रसाद पटेलको गहुखेत आगलागी हुदा दुई बिघाको गहु पुर्ण रुपले जलेर नस्ट भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङ ले जानकारी दिनु भयोको छ ।
स्थानीय अमिरका साह रौनियारले आफ्नो गेहुवाली काटी सकेका खाली रहेको खेतमा पराल जलाउनका लागि बालेको आगो अनियंत्रित भैइ आगलागी भएको प्रहरीले जनाएको छ। आगोलाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक तमाङ ले जानकारी दिनुभयो। गर्मीयाम र सुख्खा याम बढे संगै आगलागी को घटना पनि दिन प्रतिदिन बढदै गएको छ।