उदयपुरको बेलका नगरपालिकामा टिपरको ठक्करले एक बालिकाको ज्यान गएको छ।पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरले ठक्कर दिदा बेलका ४ लालबजारकी ४ वर्षीया एन्जिला रानामगरको मृत्यु भएको हो।
घट्नाको विरोध गर्दै स्थानीयबासीले टिफरमाथि आगजनी गरेका छन् । आगजनीका कारण टिपर जलेर नष्ट हुन पुगेको छ। बालिकाको घट्नास्थलमै ज्यान गएको बिरोधमा भेला भएका आक्रोसित स्थानीयले गाडीमा आगो लगाईदिदा टिफर पूर्णरुपमा ध्वस्त भएको ।
बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटेको घट्नास्थलको अवस्था गम्भीर बन्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट पनि इन्स्पेक्टरको कमाण्डमा टोली पुगेको छ।जिल्ला प्रहरी कार्यालयले घट्नाको विस्तृत विबरण आउन बाँकी रहेको भन्दै टोली फर्केपछि मात्र सबै कुरा खुल्ने जनाएको छ।