वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बिपीसी) मा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रतिज्ञा गराएर दिक्षित गरेका हुन् ।
कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकूलपति उपेन्द्र कोईराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलेजका प्रमुख विनय श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले सञ्चालन गरेका थिए ।