वीरगञ्ज । पर्सा ग्रामीण पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले सम्मानित गरेकाे छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा बुधबार आयाेजित कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाले सममजका नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र चाैरसिया, उपाध्यक्षद्वय प्रमाेद कुमार यादव र ओमप्रकाश चाैधरी, सचिव बलराम शुक्ला, कोषाध्यक्ष कृष्णमोहन साह, सदस्यरु रामजी यादव,चन्द्रशेखर प्रजापति, चिरञ्जीवी यादव लगायतलाई सम्मानित गरेकाे हाे ।
कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले समाजका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई गम्छा ओढाएर सम्मानित गरे ।
तिवारीकै अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयाेजक महेश दास, नेपाल प्रेेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतम, पत्रकार शत्रुधन नेपाल, तुलसी भण्डारी लगायतकाे पनि सहभागीता थियाे ।