काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने काठमाडौं महानगरभित्रका ६८ अस्पतालहरूको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन् ।
उनले विवरण उपलब्ध नगराउने अस्पतालहरूको सूची बुझाउँदै सात दिनभित्र मन्त्रालयले कारबाही नगरे महानगरले आफैँ सम्बन्धित अस्पताल प्रशासनमा तालाबन्दी गर्ने अवगत पनि मन्त्री बस्नेतलाई गराएका छन् ।
काठमाडाैं महानगरले केही दिनअघि विपन्न र बेसहाराहरूका लागि कानुन बमाेजिम उपचारमा छुट दिन र त्यसकाे विवरण महानगरमा बुझाउन सार्वजनिक सूचना जारी गरेकाे थियाे ।
तर सूचनाकाे अवज्ञा गरी ६८ वटा संस्थाले विवरण उपलब्ध नगराएपछि मेयर शाहले स्वास्थ्यमन्त्री बस्नेतलाई सूची बुझाएर कारबाहीका लागि आग्रह गरेका हुन् । अन्यथा कारबाहीका लागि महानगर आफैँ अग्रसर हुने उनले प्रस्ट पारेका छन् ।