पर्सा – पर्साको पकाहाँमैनपुर गाँउपालिका वडा नम्बर २ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । आईतबार विद्यालय परिसरमै सम्पन्न अभिभावक भेलाले ५ सदस्यिय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा पूर्व वडाध्यक्ष बृजमोहन पाण्डे सदस्यहरुमा किशोरी राउत , नगिया देवी , चन्दा देबी र सरोज हजारा सर्वसम्मत चयन भएका हुन् । चयन भएका सदस्यहरु मध्येबाट समितिको अध्यक्ष बृजमोहन पाण्डेय चयन भएका हुन् ।
आज भएको अभिभावक भेलामा पकाहाँमैनपुर गाँउपालिकाका प्रमुख शिक्षा शाखा प्रमुख दामोदर दुबेदी वडासदस्य कमलेश यादव , विद्यालयका प्रधानाध्यापक , शिक्षक , समाजसेवी विध्याकान्त पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।