वीरगन्ज । कविता कुमारी हर्जन १७ वर्ष लॉगिन ।
उनी २०६३ साल भाद्रमा पर्साको गाविस झौवा वडा नं २ हाल बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोलमा जन्मेकी हुन् । आमा ललिता देवी , बाबु मिरा माहराकी छोरी कविता महारा हर्जन १४ वर्षकी उमेरमा बुवा आमाले विभिन्न बहाना बनाई गाली ग्लोज गर्दै गर्दा उनले रिश पोखी घर छोडिन् ।
उनी १४ वर्षको उमेरमा घर छोडेर छिमेकी मुलक भारतको गोरखपुरस्थित बालआश्रम पुगिन् त्यहाँ पुगेको ६ महिना बित्न लाग्दा भारतीय संस्था मार्फत नेपालको काठमाडौं स्थित छोराछोरी नेपाल आश्रम आइन् ।
आश्रम आएँ पछि उनीलाई लिएर आश्रमका कर्मचारीहरु उनको घर पुग्दा उनको आम , बुवा र भाईले घरमा राखन नमानेपछि उनी नबालिक भएको खण्डमा फेरि काठमाडौं स्थित रहेको छोराछोरी नेपाल आश्रम पुगिन् ।
तर आज बालिक भएको खण्डमा उनीलाई फेरि लिएर उनको घर पुग्दा आम , बुवा र भाईले राखन मान्नेन् भने उनले दुःख सुनाइन् । आमा बुवाले घरमा राखन नमानेपछि उनी हिजो देखि प्रहरी कार्यालय दौडिन थालिन् ता पनि घरमा बस्न मिलेन उनले बताइन् । के कारण घरमा राखन आमाबुवाले मान्नेन भने खुल्न सकेको छैन । उनी आफ्नो घरमा बस्ने खालको अवस्था सृजना गरी घरमा बस्न मिलाई दिन सम्पूर्णमा आग्रह गरिन् ।