

पर्साको वीरगञ्जमा संचालित विपिएस +२ कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको बिदाई कार्यक्रम बुधबार समपन्न भएको छ । होटल भिस्वामा कक्षा ११ का बिधार्थीहरुले आयोजना गरेको कार्यक्रममा बिधार्थीहरुले सांस्कृतीक नृत्य, फैसन सो, गीत, शुभकामना संदेश, राष्ट्टीय लेबलका टैईकाण्डो, मनोरन्जनात्मक गेम लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेको थिए । कार्यक्रममा कक्षा १२ का बिधार्थीहरुलाई मायाको चिनो सहित क्याम्पसले आयोजना गरेको बिभिन्न प्रतियोगितामा बिजई भएका बिधार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । बिदाई कार्यक्रम क्याम्पसका संचालक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पसका शिक्षकहरुले बिधार्थीहरुको अगामी शिक्षाको उज्जवल भविषयको शुभकामना दिएका थिए । शिक्षकहरुले यस क्याम्पसमा सिकेका ज्ञान, सिप, अनुशासनका कुराहरुलाई आफनो ब्यवहारमा उतारी अगाडी बढन सुझाव दिएका थिए । क्यामपस प्रमुख मुकेश गुप्ताले कक्षा १२ का बिधार्थीहरुको अगामी यात्रा सोचे जस्तो बितोस भन्ने कामना गरेको थिए । उनले आफु र यस क्यामपसका समपूर्ण टिमले बिधार्थीहरुलाई राम्रो शिक्षाका साथै अतिरितm क्रियाकलापमा पनि राम्रो गर्न सकुन भन्ने दिन खोजीएको बताए । प्रमुख गुप्ताले बिधार्थीहरुलाई कम पैसामा बढी कुराहरु दिदै आएको र अगामी दिनहरुमा पनि थप कुराहरु दिदै जाने प्रतिबद्धता जनाएका थिए । उनले अनुशासित भएर अगाडी बढन बिधार्थी भाईबहिनीहरुलाई आग्रह गरेका थिए । उक्त क्यामपसमा बारा, पर्साबाट बिधार्थीहरुले शिक्षा लिदै आएका छन । कार्यक्रमका अतिथीहरुले बिधार्थीहरुले भविष्यमा ठूला – ठूला पदहरूमा काम गरुन् भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा क्यामपसका इसिए कोर्डिनेटर अफ्रोज हवारी, डिसिप्लिन इन्चार्ज वेश शेख, क्याम्पस कोअर्डिनेटर अखिल पटेल, सालु गुप्ता, मुस्कान गुप्ता,कोमल सराफ, पृथ्वी ठाकुर लगायतले विशेष सहयोग गरेका थिए । कार्यक्रममा संचारकर्मी आनन्द पटेल, सूर्य शुभचिन्तक लगायतको सहभागीता रहेको थियो भने सहजीकरण कक्षा ११ मा अध्ययनरत बिधार्थीहरुले गरेका थिए ।