वीरगन्ज । पकहाँमैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने गाउँपालिका अध्यक्ष सुरेश मेहता विरुद्ध सोही ठाउँ बस्ने खोबारी राउत कुर्मी र जलारा देवी दासले ४० वर्ष देखि जग्गा पास नगरेको कारण जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।
प्राप्त समाचार अनुसार सोही ठाउँ बस्ने खोबारि राउत कुर्मीले ४० वर्ष पहिले गाउँपालिका अध्यक्ष सुरेश मेहताको पिता बैजनाथ मेहतालाई १ कठ्ठा १० धुरको तत्कालीन चलन चल्तीको भाउ रु १० हजार तिरी सकेका थिए । तर वैजनाथको मृत्यु भइसकेको र उनका छोरा सुरेश मेहताले समेतले पख पख भन्दा भन्दै आज ४० वर्ष विती सक्दा पनि उनले जग्गा पास नगरिदिँदा पीडा खपन नसकी जिल्ला प्रशासन कार्यालय पर्सामा आज उजुरी दर्ता गराएको पीडित खोवारी राउत कुर्मीले यस दैनिकलाई बताए ।
जग्गा नामसारी गरिदिन पटक पटक आग्रह गर्दा पनि गाउँपालिका अध्यक्ष मेहताले सो जग्गा आफुलाई पास नगर्ने मनसाय बनाएका र बेला बेलामा उल्टै धाक धम्की दिएर जेल पठाई दिने धम्की समेत दिन थालेपछि आफुहरु बाध्य भएर प्रशासनमा उजुरी गर्न आउनु परेको पीडित खोवारि बताउछन ।
जनप्रतिनिधि भएर जनतालाई पीडामा मल्हम लगाउनु पर्ने ठाउँमा किनी सकेको जमीनको पैसा वापतको जमीन उल्टै हड्पिन खोज्ने अध्यक्ष मेहताको कर्तुतलाई त्यहाँका स्थानीय जनताहरूले समेत पचाउन सकिरहेका छैनन् ।
राजनैतिक पूर्बग्रहले केही व्यक्तिहरू मिली मलाई बदनाम गर्न लागेको बताए , यो विषयमा कुनै सत्यता नभएको गाउँपालिका अध्यक्ष मेहताले बताए । उहाँहरुलाई बस्न अफ्ठयारो भएको खण्डमा केही दिन बस्नको लागि मात्र जग्गा दिएको र अहिले उहाँहरू किनेको नै भन्न थालेको अध्यक्ष महतोले बताए । उहाँहरुले केही दिन बस्नलाई जग्गा दिनु र पछि हामी अन्त्य जग्गा किनेर घर बनाउने र बनाएको घरमा बस्ने र यो जग्गा छोडिदिने भने पछि मैले त्यो जग्गा दिएको उनले भने ।