कृष्णा प्र.कुशवाहा
बीरगंज,बैशाख ४
थारु पत्रकार संघ पर्साले प्रहरी निरीक्षक शंकर चौधरीलाई सम्मान तथा विदाई गरेको छ । आदर्श थारू छात्रावास कुम्भाल टोलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेको छ।जिल्ला प्रहरी कार्यालय बीरगंज पर्सा मातहत कारागारमा कार्यरत प्रहरी निरीक्षक चौधरीको जिल्ला प्रहरी कार्यालय निजगढमा सरुवापछि कार्यक्रममा गरी उनको सम्मान र विदाई गरिएको हो ।थारु पत्रकार संघ पर्साले आदर्श थारु छात्रावास कुम्हाल टोल बीरगंज पर्साको सभाहलमा थारु पत्रकार संघका कोषाध्यक्ष शम्भु महतो थारुको अध्यक्षतामा गरेको कार्यक्रममा प्रहरी निरीक्षक चौधरीलाई विदाई तथा सम्मान गरेको थियो। कारागारको प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक १८ महिनाको कार्यकालमा कारागारवासीको सेवामा निरन्तर इमान्दारिताका साथ् काम गरेको विदाई कार्यक्रममा दीपेन्द्र चौधरीले बताएका थिए । उनले कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा तथा कोरोना कालमा उल्लेखनीय योगदान गरेको बताउँदै उनलाई आगामी दिनका लागि सबैले शुभकामना साथ बधाई समेत दिइएको थियो ।उक्त कार्यक्रममा जगत राई, संजय दास थारु, एन्जल चौधरी लगायतका उपस्थिति रहेको थियो।