पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे ।विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।