पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाको दोस्रो बनशत्रबाट ४५ करोड ६७ लाख ८० हजार बराबरको बजेट पारित गरिएको छ । पोखरिया नगरपालिकामा रहेको सभा हलमा भएको सातौं नगरसभाको दोस्रो बनशत्रबाट बजेट पारित गरिएको हो । पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभालाई उद्वघाटन गर्दै भने काम गर्ने बेलामा बिधिन किसिमका बाधा अरोध हुने गर्छ कतिपय जनप्रतिनिधिहरु नाराज होलन तर सबै संग हाथोमालो गरेर जाने प्रतिबद्धता गर्नु भए थियो ।
उनले भने जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए । पहिला भन्दा करिब अधी बजेट घटेको ले दुखेसो पोखे। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधि हरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।
नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको बजेट संघिय ससर्त अनुदान २१ करोड ५९ लाख संघिय सम्पुरक अनुदान ७५ लाख, संघिय विशेष अनुदान ७० लाख, प्रदेश सम्पर्क २० लाख प्रदेश विशेष अनुदान ३० लाख, २२ करोड ९३ लाख ८० हजार गरि
४५ करोड ६७ लाख ८० हजारको बजेट पारित गरिएको छ । नगर सभा कार्यक्रममा वडा नं १ देखि १० सम्मका वडा स्तरिय योजना स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा महिला बालबालिका उत्थान खेलकुद, बालिका स्वर्ण बिमा लगायत को योजना हरु को प्राथमिकता मा विशेष योजना नगरसभा बाट सर्वसहमत परित गरि एको छ । नगरसभामा नगरउप प्रमुख रुबी ठाकुर नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटा , वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो, रामप्रवेश चौहान, नौसाद अलिम, लक्षमण साह कानु, केदार महतो, शियानन्द चौहान, प्रमान्नद पटेल, किशोरी साह, सोनालाल साह, नगरपालिका को कार्पालिका सदस्य नगरपालिका महिला, पुरुष सदस्य, कार्यक्रम मा अधिकृत अजय श्रीवास्तव, लेखापाल मन्दिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए ।