सर्लाहीको सदरमुकाम मलंगवा स्थित कृष्णा देवी जनता मावि स्कुलमा पहिचान खूल्न नसकेको एक युवक मृत फेला परेका छन् ।
अन्दाजी २६/ २७ वर्षिय युवा लागू औषधको अत्याधिक सेवनका कारण मृत्यु हुन सक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको तथा युवकलाई चिने जानेको कोई हुनुहुन्छ भने जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सम्पर्क राख्न प्रहरीले अनुराेध गरेकाे छ ।