वीरगन्ज । नेकपा एमाले धोबिनी गाउँपालिकाका गा.पा. अध्यक्ष माजिद मियाको अध्यक्षतामा गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ।
गाउँपालिका स्तरीय बैठकले मिशन ०८४ को चुनावमा कसरि पार्टीलाई ससक्त बनाएर लिएर जान सकिने साथै गाउँपालिका स्तरीय बैठकबाट आउँदो भाद्र महिनाको २ गते गाउँपालिका स्तरीय नेकपा एमालेकाे विशाल वैठक बस्ने लगाएतका विभिन्न निर्णय गरेको छ ।
बैठकमा गाउँपालिका अध्यक्ष प्रत्याशी सदाम हुसेन, युवा नेता सुनिल साह, अनिल चौहान र राष्ट्रिय युवा संघका महाधिवेशन प्रतिनिधी मीरोज समानी लगायतको उपस्थिति रहेको थियो ।