वीरगंज । वीरगंज महानगरपालिकाका द्वारा मल वितरण गर्ने कृषि सहकारीहरुको बैठक सम्पन्न भएको छ।
वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा वीरगंज महानगर द्वारा मल वितरण गर्ने कृषि सहकारीहरुको बैठक सम्पन्न भएको हो।
उक्त बैठकमा उप-प्रमुख इम्तियाज आलमले निर्धारित मुल्य भन्दा बढी मुल्यमा मल बिक्रि गर्ने कृषि सहकारीलाई कडा कार्यवाही गर्ने चेतावनी दिनुको साथै कृषकहरुलाई सहज मल वितरण गर्न आवश्यक पहल गर्ने बताए। साथै कुनै पनि कृषि सहकारी संस्थाले बढि मुल्यमा मल बिक्री वितरण गरिरहेको छ भने सिधै म लाइ खबर गर्ने खबर लगत्तै उक्त कृषि सहकारी संस्थालाइ कार्वाही गरिने तथा म जहिले पनि कृषकको हकहितको लागि साथ र सहयोग गरिरहने उप-प्रमुख आलमले बताए।
उक्त बैठकमा आर्थिक विकास शाखा प्रमुख प्रतिग्या बैध कृषि तथा पशुपंछी ब्यवसाय प्रवद्रधन शाखा प्रमुख रोशनी यादव लगायत कृषि सहकारीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।