किसन साह,सर्लाही
साउन २८ गते (आइतबार)
विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार आन्दोलन घोषणा गरेको छ । महासंघले विधेयकमा परिमार्जनको मागसहित विरोध कार्यक्रम घोषणा गर्दै आज पालिका स्तरीय धर्ना सुरु गरेको हो । अहिले पनि सर्लाहीको चक्रघट्टा गाउँपालिका लगायत विभिन्न पालिकाहरु जस्तै बसवरिया,रामनगर,बिष्णु,धनकल लगायत अन्य पालिकाहरुका शिक्षकहरु धर्नामा बसेको चक्रघट्टा गाउँपालिकाका शिक्षा संयोजक राम स्वार्थ यादवले बताउनु भयो ।
माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा रहने संविधानको व्यवस्थाप्रति असन्तुष्ट महासंघले विधेयकका व्यवस्था सुधार गरेर मात्र प्रक्रिया अघि बढाउन सरकारलाई चेतावनी दिएको छ । विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने महासंघले बताइन् । गाउँपालिकामा महासंघले भने शिक्षा ऐन जारी गर्दा स्थानीय तहको एकल अधिकार सूचीमा हस्तक्षेप नगर्न संघीय सरकारलाई आग्रह गर्दै आएको छ । शिक्षक महासंघले शिक्षक हकअधिकार, सेवासुविधाका कुरा पनि विधेयकमा समेटिनुपर्ने माग राख्दै धर्नामा बसेका छन ।
साउन ३० गते जिल्लामा र ३२ गते प्रदेशमा पनि आन्दोलन गर्ने तैयारी रहेको शिक्षा महासंघ सर्लाहीले जानकारी दिएको हो।