वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य राजकुमार गुप्ताले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित सांसद गुप्ताले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार निर्वाचनमा उनले ९ लाख ३२ हजार ४ सय २० रुपैयाँ खर्च गरेका छन् ।
दुई वटा सवारी साधनको प्रयोगबापत ६ लाख ८ हजार खर्च भएको छ भने विभिन्न तीन ठाउँमा भएको गोष्ठी तथा अन्तरक्रियाका क्रममा ६० हजार खर्च भएको गुप्ताले बताएका छन् ।
संविधानसभा सदस्य समेत रहेका गुप्ताले छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जाल) मा २ लाख ६४ हजार ४ सय २० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन् ।
निर्वाचनमा मेघा बैंक लिमिटेडमा रहेको खाताबाट आफुले रकम प्रयोग गरेर खर्च गरेको गुप्ताले बताए ।