वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्य पदका स्वतंत्र उम्मेदवार बनेका नेता सुधीर पटेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
नेता पटेलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार निर्वाचनमा उनले १ लाख ५१ हजार रुपैयाँ खर्च गरेका छन् ।
नेता पटेलले सवारी साधनको प्रयोगबापत २५ हजार , छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालमा ) ५० हजार , प्रचार प्रसार सामग्रीमा ३१ हजार , अन्य प्रचार प्रसारमा १५ हजार र कार्यालय सञ्चालन , प्रतिनिधि परिचालनमा ३० हजार खर्च भएको बताएका छन् ।
निर्वाचनमा लक्ष्मी बैंक लिमिटेडमा रहेको खाताबाट आफुले रकम प्रयोग गरेर खर्च गरेको नेता पटेलले बताए ।